Texas College
YouTube Link

आज मातातिर्थ औशी, आमाप्रति श्रद्धाभाव प्रकट गरि मनाइदै

Facebook Link

काठमाडौं: प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने आज मातातीर्थ औंशी हो । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर आफ्नो क्षमता अनुसार विभिन्न मिष्ठान्न खुवाउने र आमालाई विभिन्न उपहार दिने चलन छ ।

यो दिन आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्दछन् भने आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थ गई दिवङ्गत आमाको सम्झना गर्ने गर्दछन् ।

मातातीर्थ कुण्डमा स्नान गरेपछि सन्तानले आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । उक्त कुण्डमा पवित्र मनका साथ हेर्दा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ । त्यहाँ गएर दिवङ्गत आमाको सम्झना गरे छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने र आफ्नी आमालाई पनि मुक्त गराउन सक्ने धार्मिक मान्यता रहेको छ ।

स्वस्थानी व्रत कथाअनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यस ठाउँमा आएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख सन्तोष पाउने विश्वास रहिआएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...