‘लकडाउन’को उल्लंघन गर्ने १० जना पक्राउ
वि.सं.२०७६ चैत ११ मंगलवार ११:३६
1.1K
shares
चितवनः कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले आजदेखि एक हप्ताका लागि लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।
लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर ननिस्कन नेपाल सरकारले अनुरोध गरेको छ ।
वि.सं.२०७६ चैत ११ मंगलवार ११:३६



















