YouTube Link

कोरोना भाइरसबाट बेलायतमा पूर्वगोरखा सैनिक नेपालीको मृत्यु, परिवारलाई नै ‘आइसोलेसन’मा राखेर निगरानी

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । कोरोनाको महामारीबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु भएको हो ।

बेलायतको साउथह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार नर्थविकपार्क अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार मृतक पछिल्लो एक महिनादेखि नमोनियाबाट थलिएका थिए । झण्डै दुई दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए । आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए । राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए । कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ ।

परिवार नै आइसोलेसनमा रहेकाले आफन्तहरुलाई भेट्न दिइएको छैन । उता संखुवासभा समाज बेलायतले जिल्लाबासी र आफन्तलाई राईको परिवार आइसोलेसनमा रहेको जानकारी दिएको छ । उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट निस्किएपछि मात्रै भेटघाट गर्न पाउने पाइने समाजले जनाएको छ ।

लण्डनस्थित नर्थ वीक अस्पतालमा उपचारका क्रममा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा एकजना पूर्व गोरखा सैनिक राई पनि हुन् । अस्पतालका अनुसार गम्भीर अवस्थामा ती ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो । ती ६ जना बिरामीको मृत्युको पुष्टि अस्पतालले शुक्रबार गरेको हो ।

बेलायतमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास छ । बेलायतमा कोरोना संक्रमितमध्ये ६५ जना मात्रै अहिलेसम्म उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...