चितवनमा बन्यो ७२ घण्टामा ७० बेडको अस्पताल, देशभरका विरामीलाई सेवा दिईने
वि.सं.२०७६ चैत ६ बिहीवार १७:०६
1.9K
shares
चितवनः विश्वमा महामारीको रुपमा फैलिएको सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैय्याको अस्थाई अस्पताल निर्माण गरिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएतापनि आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैय्याको अस्पताल निर्माण गरिएको र उक्त अस्पतालमा शुक्रबारबाट कोरोनाको शंका लागेका विरामीको मात्र उपचार हुने अधिकारीले जानकारी दिए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका मेयर रेणु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न भएको साथै उक्त अस्पतालले भरतपुर बाहेक देशभरिका विरामीलाई सेवा प्रवाह गर्ने जानकारी दिइन् ।
वि.सं.२०७६ चैत ६ बिहीवार १७:०६



















