कोरोना भाइरस फैलन नदिन रामेछापका तीन अस्पातालमा ‘आइसोलेसन वार्ड’ स्थापना
वि.सं.२०७६ चैत ६ बिहीवार १५:४६
1.4K
shares
रामेछापः कोरोना भाइरस (कोभिड-१९) फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखी रामेछापका तीन वटा अस्पातालहरुमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । रामेछाप बजारमा एक र बाँकी दुई मन्थलीको तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
जिल्ला अस्पताल रामेछापका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठका अनुसार कोरोना भाइसरको संभावित खतरालाई मध्यनजर गरी जिल्ला अस्पताल रामेछापमा अहिले दुई वटा वेड राखि आइसोलेसन वार्ड स्थापना गरिएको साथै आइसोलेसन कक्षमा आवश्यक सबै सामग्रीहरुको व्यवस्था गरिएको उनले बताए ।
यस्तै रामेछापको सदरमुकाम मन्थलीमा दुई वटा अस्पतालमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । मन्थलीको तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन कक्षमा आवश्यक सबै सामग्रीहरुको व्यवस्था गरी वार्ड स्थापना गरिएको मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुँयालले बताएका छन् ।
गत फागुन २३ गते जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको निर्णय अनुसार मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको हो ।
वि.सं.२०७६ चैत ६ बिहीवार १५:४६



















