YouTube Link

पदविचलन कि लोकाचार ? या अन्य कुनै ?

Facebook Link
vision

विगत १७ महिनादेखि हाम्रो देश नेपाल कोभिड-१९ को विश्व महामारीबाट ग्रस्त रहेको सर्वविदितै छ भने अझ पछिल्लो समय संक्रमणदर समेत बढ्नुले अद्यावधि यसबाट निकास पाउने कुरामा संशय नै छ । यस्तो अवस्थामा राज्य संयन्त्रप्रति सर्वसाधारण आशावादी रहनु निश्चित रुपमा यथोचित हो ।

तथापि यस्तो प्रतिकुल अवस्थामा समेत प्रमुख राजनीतिक दलहरू भने कुर्सीको खेलमा सत्ताको खिचातानीमा नै केन्द्रित रहेर मूल समस्याबाट नजर फेर्नुले सर्वसाधारणमा राजनीतिक दलप्रतिको धारणा सम्भवतः प्रतिकुल गएको छ ।

सत्तामा पुग्नुको औचित्य नपुष्टिनु हामी सबैको लागि दुर्भाग्य हो भन्दा अत्युक्ति नठहर्ला । माध्यमिक वस्तुगत विषयहरूमा केहि कदम चालेकै भरमा अनि सामान्य परिवर्तन ल्याएकै भरमा यदि जनमुखी भन्ने अर्थिन्छ जस्तो हाम्रा आदरणीय नेतागणलाई लागेको छ भने त्यो भ्रमको जालो च्यातिनु जरुरी छ ।

यो स्तम्भमा यो अभिव्यक्तिको सिधा अर्थ के हो भने जिम्मेवार तहले प्राथमिक विषयलाई नै पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुगराउनु वर्तमान परिस्थितिको  अपरिहार्यता हो । यहाँनेर दुई विकल्पहरू आउँछन्, पदविचलन कि लोकाचार ?

पदविचलन हो यदि भने पनि सर्वसाधारण जनताले योग्य ठानेर चुनावमा विजयी गराएर यो हैसियतसम्म पुराइएका हाम्रा आदरणीय नेतागणले ‘हामी पदविचलित भयौँ’ भनेर जनतासामु कबुल्दा के सर्वसाधारण जनताले यसलाई सामान्य रुपमा लिएर माफ गर्नु होला त ? अवश्य त्यसो हुने छैन किनकि हाम्रा आदरणीय नेतागणले वर्तमानमा जे गरीरहनु भएको छ त्यो निश्चित रुपमा माफीयोग्य कार्य होइन । अतः पदविचलनका रुपमा कुनै पनि पक्षले यसलाई सहजतापूर्वक ग्रहण गर्न सकिने अवस्था छैन ।

अब कुरो आउँछ, लोकाचार हो त ? यसो पनि भन्न मिल्ने अवस्था देखिएन किनकि हाम्रा आदरणीय नेतागणलाई स्पषट थाह छ कि निश्चित समयावधि पश्चात् वहाँहरूले पुनः जनादेशका लागि सर्वसाधारण जनता सामु जानुको विकल्प नै छैन । लोकाचार गरेर लोकको पुनः सामना गर्न सकिन्न भन्ने वहाँहरूलाई स्पष्ट थाह भएकोले यो लोकाचार पनि होइन भन्ने हामी ठान्दछौँ, बुझ्दछौँ ।

यहाँसम्म आइपुग्दा अब सहजै अन्दाज गर्न सकिने कुरो के हो भने पदविचलन र लोकाचार दुवै होइनन् भने अन्य केहि त हुनै पर्ने भयो । पदविचनल हुनका लागि कुनै व्यक्तिले आफ्नै स्वविवेकले काम गर्नु पर्ने हुन्छ र सही दिशातिर उन्मुख हुन नसकेको अवस्था हुनु पर्ने हुन्छ । त्यस्तै लोकाचार हुनका लागि पनि कुनै व्यक्तिले आफ्नै स्वविवेकको प्रयोग गरेर कि अटेर गरेको अवस्था हुनु पर्ने हुन्छ कि त आडम्बर गरेको अवस्था हुनु पर्ने हुन्छ । तर यहाँ यी दुवै अवस्था विद्यमान नपाइएकोले कतै हाम्रा आदरणीय नेतागण स्वविवेकबाट सञ्चालित नभएर परविवेकको अधिनस्थ हुनु भएको हो कि ? तीतो यथार्थभित्रको एउटा सम्भावना, जो हामीले नचाहेरै पनि सोच्न बाध्य छौँ ।

बिट मार्दामार्दै, यो स्तम्भमा यो विषयलाई उजागर गर्नुको पछाडि कुनै पनि प्रकारको नकारात्मक नियत नरहेको यथार्थ निवेदन गर्न चहान्छौँ । बरु पत्रकारिताको धर्म र मर्म मुताविक सम्बन्धित पक्षलाई सचेत र सचेष्ट गराउनु आवश्यक हुन्छ । यसो अभिव्यक्त गरीरहँदा हामीले आफूलाई बाठो सावित गर्न पनि खोजेका छैनौ न त सम्बन्धित पक्षलाई अजानकार भन्न नै खोजेका छौँ । बरु, व्यस्तताका कारण स्मृतिमा नरहेको हो भने हेक्का गराउनु पनि धर्म हो भन्ने हाम्रो सतत् अभीष्ट भने पक्कै छ । स्वाधिनताका नारा दिने हामी नेपाली कतै पराधिन बन्यौँ भने त्योभन्दा ठूलो दुर्भाग्य शायद अर्को नहोला ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...