हटाइयो सपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द
वि.सं.२०७८ जेठ ७ शुक्रवार १९:०६
2.1K
shares
काठमाडौं: सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।
आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने सपथ सम्बन्धी अध्यादेशमा व्यवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए ।
ओलीको सपथ विवादमा परेपछि सरकारले सपथ सम्बन्धी अध्यादेश जारी गरेको हो ।
सरकारले जारी गरेको अध्यादेशमा सपथको ढाँचा समावेश गरिएको छ ।
अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ ।

ओली र देउवा मध्ये को बन्लान् प्रधानमन्त्री ?
वि.सं.२०७८ जेठ ७ शुक्रवार १९:०६



















