YouTube Link

नेपाल पत्रकार महासंघ नुवाकोटमा तालाबन्दी, बैशाख ८ गते (आज) हुने भनिएको निर्वाचन पनि प्रभावित

Facebook Link

नुवाकोट: नयाँ नेतृत्व चयनका लागि भएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत नुवाकोट शाखाको विवाद तालाबन्दीसम्म पुगेको छ ।

 

मंगलबार अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेद्धारले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेका हुन् ।

 

तालाबन्दीसँगै बैशाख ८ गते (आज) हुने भनिएको निर्वाचन पनि प्रभावित भएको छ ।

 

गत चैत २५ गते भएको चुनाव धाँधलीपूर्ण भएको भन्दै विवादित बनेपछि केन्द्रीय निर्वाचन समितिले चैत २५ गते भएको चुनाव रद्द गरी फेरि निर्वाचन गर्न निर्देशन दिएको थियो ।

 

तर पुनः हुने निर्वाचन पूरानै निर्वाचन समितिलाई निरन्तरता दिइएको र पहिलाको जस्तै अपराधिक कृयाकलाप हुन लागेको भन्दै निर्वाचन समितिका सदस्य राम श्रेष्ठले राजीनामा दिएका छन् ।

 

श्रेष्ठले २५ गतेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतपत्रमा संकेत राख्ने लगायतको अपराध गरेको उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

 

उनले निर्वाचन आचारसंहिता विपरितको काम नगर्न आग्रह गर्दा बहुमतको आधारमा निर्णय गरेर अघि बढेको आरोप लगाएका छन् ।

 

अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्ष पदका प्रत्यासी रुपा अर्याल र नमराज सुवेदीले निर्वाचन समितिका सदस्यले नै अपराधिक गतिविधिमा संलग्नलाई छानबिन समेत नगरी निर्वाचन कार्यक्रम अघि बढाउन लागिएको भन्दै तालाबन्दी गरेका हुन् ।

 

विद्यमान अध्यक्ष निर्वाचन समितिका पदाधिकारीहरुको असक्षमता र अपराधिक कृयाकलाप संलग्न भएका कारण रोकिएको निर्वाचन पुनः गराउन अर्को समिति गठन गरिएको साझा प्रयास निष्कर्षमा पुग्न नसकेका कारण तालाबन्दी गर्नुपरेको बताएका छन् ।

 

“निर्वाचन गराउनका लागि प्रतिष्पर्धामा रहेका उम्मेद्धारबीच साझा सहमति जुट्न नसकेको, यही निर्वाचन समिति मार्फत् गराउने निर्वाचन पुनः निष्पक्ष हुन नसक्ने भन्दै अर्को निर्वाचन समिति गठन गर्न माग भइरहेको थियो । पत्रकारका पेशागत संगठनकाबिचबाट समेत सहमति जुटाउन भइरहेको प्रयास निष्कर्षमा पुग्न नसकेको र यसअघिको निर्वाचनमा जस्तै पुनः अपराधिक कृयाकलाप गरेर पत्रकारिता पेसा र पत्रकारको बदनाम गराई जुनसुकै तवरबाट चुनाव गराउन खोज्ने यस असक्षम निर्वाचन समिति तत्काल भंग गर्दै अर्को समिति गठन गर्न केन्द्रीय समिति समक्ष अनुरोध गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

 

चैत २५ गते देशैभर भएको चुनाव अन्तर्गत नुवाकोटको मतदानका क्रममा भने मतपत्रमै संकेत नम्बर राखेर निर्वाचन गराइएको पाइएको थियो ।

 

जिल्ला निर्वाचन समितिले संकेत राखिएका मतपत्र गनेर परिणाम घोषणा तयारी भइरहेको बेला उजुरीका आधारमा केन्द्रीय निर्वाचन समितिले खारेज गरेको थियो ।

 

निर्वाचनमा सहभागी नहुन पूर्वअध्यक्षहरुको सयुक्त अपिल

 

नेपाल पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशनपछि तय भएको नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समितिको चुनाव तत्कालका लागि स्थिगत गरेर सहमतिको आधारमा अघि बढाउन पूर्वअध्यक्षहरुले आग्रह गरेका छन् ।

 

पत्रकार महासंघ नुवाकोटका दुई कार्यकालको सफल जिम्मेवारी पूरा गर्नुभएका पूर्वअध्यक्ष राजुमित्र खनाल र निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले सयुक्त अपिल पत्र जारी गर्दै बैशाख ८ मा गराउन लागेको चुनाव निष्पक्ष नहुने देखिएको भन्दै यसमा सहभागी नहुनको लागी मतदाता पत्रकारहरुलाई आग्रह गरेका छन् ।

 

हेर्नुहोस् पूर्व अध्यक्षहरुको सयुक्त अपिल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...