YouTube Link

पाँच बुँदे प्रतिबद्धता सहित १३ पत्रकार संगठनबीच समझदारी गर्दै संयुक्त विज्ञप्ति जारी

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न १३ पत्रकार संघ संगठनले पाँच बुँदे समझदारी गरेका छन् ।

विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा सक्रिय संगठनले पाँच बुँदे प्रतिबद्धता सहित समझदारी गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचन मार्फत महासंघका तीन वटै तहमा विचार, आस्था सहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर बिक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर बिक, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संचार गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्कका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्ता छन् पाँच बुँदे समझदारी

१. नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैंगिक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दबाबसहितको राष्ट्रिय अभियान चलाउने ।

२.महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘नयाँ मिडिया’को संरक्षण र प्रवर्धनमा निर्णायक भूमिका निर्वाह गर्ने।

३. श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नतस्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ संगठनसँग दीर्घकालीन सहकार्य गर्दै दबाबमूलक अभियान चलाउने ।

४. पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानून निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विश्वसनीय बनाउन पहल गर्ने ।

५. महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिबद्धताका लागि आव्हान गर्ने । संघ संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ संगठनसँग वार्ता–संवाद थाल्ने ।

हेर्नुहोस् तपाईको आज २०७७ फागुन २० गते बिहीबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...