YouTube Link

लोपोन्मुख जाति वनकरियावस्तीमा दश वटा ट्युवेल सञ्चालन

Nepali Sena Suvakamana Dashain
Facebook Link

हेटौडाः खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरियावस्तीमा दश वटा ट्युवेल सञ्चालनमा आएपछि खुशी भएका छन् ।

आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह(आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको हो ।

२० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण गरिएको छ । खोल्साको पानीको पर्याप्त हुने र कुलोको पानी प्रदुषित भएपछि वनकारियाहरु पानीको समस्यामा थिए ।

ट्युवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काले आईतबार उद्घाटन गरे । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो ।

यसैबीच, कोरोना भाईरसका कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भुमी अधिकार सम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गरेका थिए ।

ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायतको आतिथ्य रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...