YouTube Link

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

Facebook Link

चितवनः चितवनको राप्ती नगरपालिका भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए ।

६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनले बताए । नौ जनालाई ज्वरो आएकामा ८ जना निको भएको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् ।यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्ला बाहेकका जिल्ला हेर्ने गर्दछ ।

सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने राप्ती नगरप्रमुख प्रभा बरालले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजा अनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

यसैबीच पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७६४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार बिहान कास्कीका ४, नवलपुरका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएका कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमित हुनेमा पोखरा महानगरपालिकाका वडा नखुलेका वर्ष ५० र २५ का दुई महिला तथा महानगरको वडा नम्बर ६ का वर्ष २३ र २८ वर्षका २ पुरूष छन् । यस्तै बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ वर्षीया वालिका र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । सोमबार राति कास्कीका ११ जना, तनहुँका २ जना, नवलपुर, लमजुङ, बाग्लुङ र स्याङ्‌जाका एक एक जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार रातिको विवरण अनुसार बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नवलपुरको विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय पुरूष, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रमण देखिएको थियो ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । सोमबार राति संक्रमण पुष्टि भएका बाँकी ११ जना भने कास्कीका पोखरा महानगरपालिका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...