YouTube Link

उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, काठमाडौं ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा

Facebook Link

काठमाडौं: पछिल्लो समय उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले चेतावनी दिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि सातवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या उच्च रहेको प्रष्ट पारेको छ ।

५ सयभन्दा बढी संक्रमित हुने ४ जिल्लामध्ये काठमाडौँ जिल्ला पनि एक हो । काठमाडौं उपत्यकामा सोमबारसम्म संक्रमितको संख्या १ हजार १ सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक महिना अघिसम्म कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । लक्षणसहितका संक्रमित बढेसँगै बागमती प्रदेशमा एक हप्तायता डिस्चार्ज हुनेभन्दा सक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला उच्च जोखिम रहेको तथ्याङ्कले देखाउँछ । उच्च जनघनत्व रहेको राजधानी काठमाडौँमा सक्रिय संक्रमितको संख्या बढ्दै जानु राम्रो संकेत नभएको जनस्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

कोरोना संक्रमणबाट बच्नको लागि अनिवार्य रुपमा सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडमा ननिस्कन नेपाल सरकारले सबैलाई आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...