सिन्धुपाल्चोकको फुल्पिङमा अविरल वर्षाका कारण पहिरोले दुई घर बगाउँदा पाँच जना बेपत्ता
वि.सं.२०७७ साउन १ बिहीवार ०८:४०
1.2K
shares
सिन्धुपाल्चोकः अविरल वर्षापछि गएराति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । प्रहरी घटनास्थलमा अझै पुग्न सकेको छैन ।
वि.सं.२०७७ साउन १ बिहीवार ०८:४०




















