निसर्ग आँधी प्रभावः आज देशैभर दिनभर पानी पर्ने
वि.सं.२०७७ जेठ २४ शनिवार ०७:५९
1.4K
shares
काठमाडौं: निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । आईतबारदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । यस्तै मनसुन भित्रन अहिले प्रणालीको विकास भइरहेको छ । पाँचवटा प्रणालीमध्ये केही विकास भइसकेका र केही भित्रने क्रममा रहेकाले यो हप्ताको अन्तिमतिर मनसुन भित्रने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वि.सं.२०७७ जेठ २४ शनिवार ०७:५९


















