YouTube Link

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका छन् । आज उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेपश्चात लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

 

उनले भने, ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ । त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’ सञ्चारकर्मीले राजावादी आन्दोलनबारे पनि लामिछानेलाई जिज्ञासा राखे । यसमा लामिछानेले प्रतिक्रिया दिन चाहेनन् । आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको बताए ।

 

उनले भने, ‘म आवेग उत्तेजनामा छैन । मुलुकमा गम्भीर अवस्थामा आएको छ । जिम्मेवार दलका हिसाबले, जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन । मलाई तपाईंहरूको प्रश्नको आशय थाहा छ । यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु । यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको हातमा आउँदैछ ।

 

एकदमै गम्भीर हुने समय हो । म तपाईँलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ । यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन । यो पक्ष-विपक्षमा बाँड्ने कुरा होइन । अहिले सरकार नांगिएको हुँदा सरकारको लाज छोप्न अदालतहरुमा पुगिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । सबैलाई तयार रहन आग्रह गर्दैछु । गेट रेडी फर द रिभोलुसन ।’

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...