Health Ad
YouTube Link

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

Khanepani Dhal
Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका छन् । आज उच्च अदालत पाटनमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेपश्चात लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

 

उनले भने, ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ । त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’ सञ्चारकर्मीले राजावादी आन्दोलनबारे पनि लामिछानेलाई जिज्ञासा राखे । यसमा लामिछानेले प्रतिक्रिया दिन चाहेनन् । आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको बताए ।

 

उनले भने, ‘म आवेग उत्तेजनामा छैन । मुलुकमा गम्भीर अवस्थामा आएको छ । जिम्मेवार दलका हिसाबले, जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन । मलाई तपाईंहरूको प्रश्नको आशय थाहा छ । यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु । यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको हातमा आउँदैछ ।

 

एकदमै गम्भीर हुने समय हो । म तपाईँलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ । यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन । यो पक्ष-विपक्षमा बाँड्ने कुरा होइन । अहिले सरकार नांगिएको हुँदा सरकारको लाज छोप्न अदालतहरुमा पुगिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदैछ चाँडै नै । सबैलाई तयार रहन आग्रह गर्दैछु । गेट रेडी फर द रिभोलुसन ।’

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...