YouTube Link

मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै, कति पदका लागि कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

Facebook Link

काठमाडौं: आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

 

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

 

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ३, झापाको कन्काई नगरपालिका वडा नं. ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८, सुनसरीको गढी गाउँपलिका वडा नं. ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बेलका नगरपालिका वडा नं. ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २, रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७, राजपुर नगरपालिका वडा नं. ६ र गढीमाई नगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

 

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. १ र ४, काठमाडौँ महानगरपालिका वडा नं. १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं. २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १२, गोरखाको गोरखा नगरपालिका वडा नं. ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले बताए ।

 

दैलेखको दुल्लु नगरपालिका वडा नं. १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं. ४, जाजरकोट कुशे गाउँपालिका वडा नं. ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं. ५, बझाङको सुर्मा गाउँपालिका वडा नं. ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं. ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

 

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

 

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।

 

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

 

निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछ । महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु. ३ लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु. २ लाख र गाउँपालिकाका वडाध्यक्षले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछ ।

 

आयोगले यही कात्तिक १ गते आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ ।

 

उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले सहभागिता जनाउने छन् ।

 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल दर्ता भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...