YouTube Link

दीपक मनाङेले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने

Facebook Link

काठमाडौं: सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्ष कैद गर्ने उच्च अदालतको फैसला सदर गरे पनि उनले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने भएको छ ।

 

मनाङेका तर्फबाट उक्त मुद्दामा बहस गरेका कानून व्यवसायी दीपकमणि निरौलाका अनुसार उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् । मनाङेको मुख्य योजनामा २०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा उनी पहिलो पटक २०६२ सालमा ठमेलबाट पकाउ परेका थिए ।

 

त्यसबेला गुरुङ पत्नी इन्दिराले कुटपिटको महलमा दिएको जाहेरीले मनाङेसहित गणेश लामा, सञ्जय डङ्गोल, तीर्थ लामासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये मनाङेलाई तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । उनले डिल्लीबजारस्थित अनाश्रित गुल्म चारखालमा दुई वर्ष कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो । जाहेरवाली इन्दिरा गुरुङले फेरि २०६१ सालको घटना ज्यान मार्ने उद्योगअन्तर्गत भएको भन्दै पूरक जाहेरी दिइन् । उक्त जाहेरउपर उच्च अदालत पाटनले उनलाई पाँच वर्षको कैद सजाय निर्धारण गर्‍यो ।

 

मनाङबाट २०७४ मा पहिलो पटक प्रदेशसभा सदस्यको चुनाव जितेपछि उनी केही समय भूमिगत भए । २०७५ जेठमा प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरी कारागार चलान गरेको थियो । मनाङेले उच्च अदालतबाट भएको फैसला बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो आधारमा उनी रिहा भएका थिए । मनाङेका कानून व्यवसायी निरौलाका अनुसार आधा कैद भुक्तान भएको अवस्थामा उनले थप कैद मिनाहा पाउने सम्भावना छ । सर्वोच्चले पाँच वर्षको कैद सदर गरेलगत्तै मनाङे मंगलबार नै सम्पर्कविहीन भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...