YouTube Link

ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ-२०८१ हुँदै

Facebook Link

 

काठमाडौं: श्री मानव सेवा फाउण्डेसन, नेपालले ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ-२०८१ पशुपति क्षेत्र बनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म एक महिनासम्म महायज्ञ सञ्चालन गर्दैछ ।

 

अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बञ्चित बालबालिकाहरुलाई निःशुल्क गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुःखी, गरिब र आधारभूत आवश्यकताबाट बञ्चित ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ फाउण्डेशनले महायज्ञ सञ्चालन गर्ने भएको हो ।

 

फाउण्डेशनले आयोजना गरेको मुख्य कार्यक्रममा असार २२ गते बिहान ११ बजे मोटरसाईकल रयाली, असार २४ गते बिहान ११ बजे ट्याक्सी रयाली, असार २६ गते बिहान ११ बजे रिक्सा रयाली, असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्रा, असार ३० गते बिहान ११ बजे साईकल रयाली, असार ३१ गते बिहान ७ बजे विशाल शोभा कलश यात्रा र साउन १ गते बिहान ११ बजे महायज्ञको समुदघाटन गर्ने कार्य तालिका सार्वजानिक गरेको छ ।

 

महायज्ञमा सु-प्रशिद्ध कथा वाचिका परम पूज्य राधिका दासी माता, अन्तर्ष्ट्रिय कथा प्रवक्ता परम पुज्य देवी प्रतिभा जी, वाचन प्रवीण पण्डित श्री दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराई र श्री राम कथा वाचिका देवी चन्द्रकला सखीले महायज्ञमा वाचन गर्नेछन् ।

 

साउन महिनाभरि सयौं गुरुहरुद्वारा नियमित हवन तथा अनेकौं कर्म गरिने महायज्ञमा देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियान्त तथा राजनेताहरुको उपस्थिति हुने आयोजकले जनाएको छ । साथै राष्ट्रिय तथा अन्तर्ष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकाहरुबाट विभिन्न गीत, संगीत, भजन, झाँकी, देवलीला, नृत्य आदिको पनि प्रस्तुति रहने आयोजक श्री मानव सेवा फाउण्डेसन, नेपालले जनाएको छ ।

 

श्री मानव सेवा फाउण्डेसन, नेपालले महायज्ञमा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुको मुल्यांकन गर्दै अभिनन्दन-पत्र र कदर-पत्रले नागरिक अभिनन्दन गर्ने समेत जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...