YouTube Link

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: बैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ र बझाङ १ (क) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछान नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका कारण इलाम-२ अहिले निकै चर्चामा छ ।

 

एमालेका प्रभावशाली नेता एवं संविधानसभा अध्यक्ष स्वार्गीय सुवास नेम्वाङको भदौ २६ गते असमायिक निधनका कारण त्यहाँ इलाम-मा उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलका नेता र कार्यकर्ता मात्र होइन सुरक्षा अंगका सूचना संकलकहरु पनि यतिबेला इलाम-२ मा बाक्लो उपस्थिति छ । चुनावमा कसले बाजी मार्ने हो त्यसको अहिले यकिन छैन । तर विभिन्न समूहले अध्ययन र अनुसन्धानलाई भने तिब्र बनाएका छन् ।

 

अध्ययन र अनुसन्धानका क्रममा इलाम-२ मा सत्तारुढ दलले नै जित्ने सर्वेक्षण गरिरहेको बेला स्वतन्त्र रुपमा गरिएका सर्वेक्षणले भने पहिचानवादी, धरान उपमहानगरका मेयर हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित्न सक्ने आँकलन गरेका छन् । त्यतिमात्र होइन राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली इलाममै रहेर अनुसन्धान गरेको छ । इलाम जिल्ला प्रशासन कार्यालयमा रहेको सो टोलीले दिनदिनको रिपोर्ट विभागमा पठाउने गरेको छ । इलामबाट आएको रिपोर्टलाई विभागले विभिन्न ढंगले विश्लेषण गरिरहेको छ ।

 

रिपोर्ट अनुसार इलाम-२ मा हुने निर्वाचनमा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अंकगणितमा सबैभन्दा अगाडि रहेको देखिएको छ । सो रिपोर्ट अनुसार कांग्रेसका डम्बर खड्काको उपस्थिति पनि पहिलेको भन्दा बलियो देखिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा पेश गरेको पछिल्लो विवरणले भने प्रतिष्पर्धामा एमाले र कांग्रेस नै देखिएको छ ।

 

दुवै पार्टीलाई उत्तिकै सहानुभूति देखाएको भएपनि सुहाङको हकमा अपरिपक्वता र डम्बरको हकमा परिपक्वताले काम गरिरहेको छ । पहिचानको पक्षमा केही मत बढेको र त्यही अनुपातमा रास्वपालाई मत बढेको विश्लेषण गरिएको छ । उनीहरुलाई कांग्रेस एमालकै मत बाँडिने विश्लेषण गरिएको छ । एमाले एक ढिक्का भएमा र माओवादीको मत इमानदारपूर्वक थपिएमा एमालेलाई जित निकाल्न सहज हुने देखिन्छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका दल एकैठाउँ हुँदा पनि एमालेले बाजी मारेको थियो ।

 

एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार ६०९ मत ल्याएका थिए । रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । समानुपातिकतर्फ पनि यो क्षत्रमा एमालेले नै सबै भन्दा बढी मत ल्याएको थियो । समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार ५६२ मत ल्यायो । कांग्रेसले २२ हजार ३३३ र रास्वपाले ४ हजार ६८६ मत मात्र ल्याएका थिए । माओवादीले समानुपातिकमा ५ हजार १५३ मत ल्याएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...