Rajshow Bivag

आज ७४औं प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै, दिवसका अवसरमा आज सार्वजनिक बिदा

Departmant of helth services

 

काठमाडौं: १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७४औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

 

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

 

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

 

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...