YouTube Link

आन्दोलनरत पहिचान पक्षधरसँग संविधानले दिएको अधिकार प्रयोग गरेर वार्ता गर्दै कोशी प्रदेश सरकार

Facebook Link

 

विराटनगर: कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरसँग संविधान अधीनस्थ वार्ता हुने स्पष्ट पारेको छ । समितिले आइतबार पत्रकार सम्मेलनमार्फत संविधानले दिएको अधिकार प्रयोग गर्दै आन्दोलनरत पक्षसँग वार्ता हुने स्पष्ट पारेको हो ।

 

समितिले संविधान, सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएर वार्ता नहुने जनाएको छ । वार्ता समितिका संयोजक एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले पहिचान पक्षधरसँग वार्ताको तयारी थालिएको जानकारी दिए । प्रदेश सरकारले जबेगूको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहेको तीन सदस्यीय वार्ता समिति शनिबार गठन गरेको थियो । समितिले पहिचान पक्षधरको माग सम्बोधन गर्ने उद्देश्यका साथ वार्ताको तयारी भइरहेको उल्लेख गरेको छ ।

 

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतबाट २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राखिएको थियो । प्रदेशसभाबाट कोशी नाम पारित भएपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर कोशी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका हुन् ।

 

आन्दोलनका क्रममा पहिचान पक्षधर पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको छ । वार्ता समितिका संयोजक जबेगूले सोमबार समितिको बैठक बसेर आन्दोलनरत पक्षलाई औपचारिक हिसाबबाट वार्ताका लागि आह्वान गरिने जानकारी दिए ।

 

प्रदेशको नाम ‘कोशी’ राखिएको प्रति असन्तुष्टि जनाउँदै आन्दोलित पहिचान पक्षधरसँग वार्ता गर्न यसअघि जेठमा पनि हिक्मकुमार कार्की नेतृत्वको प्रदेश सरकारले वार्ता समिति बनाएको थियो। तत्कालीन खानेपानी तथा सिँचाईमन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वको समितिले पहिचान पक्षधरसँग असार ४ गते पहिलोपटक वार्ता गरेको थियो । त्यतिबेला बनाइएको समितिको सदस्यमा तत्कालीन कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...