सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
वि.सं.२०८० पुस ८ आइतवार १६:४०
1.8K
shares
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइलाई हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन् ।
मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।
वि.सं.२०८० पुस ८ आइतवार १६:४०




















