Health Ad
YouTube Link

गणतन्त्र विरोधी गतिविधिबाट हामी अत्तालिएका छैनौँ: देउवा, संसदले चाह्यो भने जे पनि हुनसक्छ: कोईराला

Khanepani Dhal
Facebook Link

 

चितवन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताएका हुन् ।

 

उनले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’ वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनले भने, ‘थाहा पाइहाल्नु हुन्छ नी ।’

 

यसैगरी कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’

 

सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।’ सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । उनले भने, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।’

 

नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए। – रासस

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...