YouTube Link

तीन दिन संविधान दिवस मनाइँदै, सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम, तीनै बेलुका दीपावली गरेर दिवस मनाइने

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबीचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नुपर्यो

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

 

संविधान दिवसको अवसरमा आज बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा राष्ट्रप्रति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, मन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति रहने छ ।

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको ८ वर्ष पूरा भएको छ । ८ वर्ष पुग्दा पनि यसको सफल कार्यान्वयन हुन सकेको छैन । ८ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ । यो ८ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन् । केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ ।

 

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबीचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नुपर्यो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

 

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

 

यो वर्षको संविधान दिवस  सरकारले तीन दिन मनाउने भएको छ । जस अनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ । आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ । विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ । संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...