YouTube Link

नेम्वाङका दुवै छोरा नेपाल आइपुगे, राजकीय सम्मानका साथ भोलि पशुपति आर्यघाटमा दाहसंस्कार, सरकारले दियो सार्वजानिक विदा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सोमबार राति १ बजे हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ ।

उनको पार्थिव शरीर बुधबार पनि नेकपा एमालेको एमाले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । अब उनको शव अन्तिम संस्कारको प्रक्रियाका लागि बालुवाटारस्थित घरमा राखिएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबारदेखि राखिएको थियो ।

नेम्बाङका दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो । दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं उत्रिए । दुई साताअघि मात्रै अस्ट्रेलिया गएका कान्छा छोरा सुहाङ मंगलबार राति नै आइपुगेका थिए ।

अब नेम्वाङको निवासमा लिम्बु परम्परा अनुसार मुन्धुमी विधिबाट अन्तिम संस्कार अघि बढाइनेछ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहीाबर बिहान ११ बजे नेम्वाङको हिन्दु र लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिने बताएका छन् ।

राजकीय सम्मानसाथ हुने नेम्वाङको अन्त्येष्टिका दिन बिहीबार नै सरकारको निर्णयानुसार शोक बिदा दिइएको छ । उता एमालेले आफ्ना उपाध्यक्ष नेम्वाङको निधनको शोकमा देशभरका पार्टी कार्यालयमा तीन झण्डा आधा झुकाएको छ ।

नेम्वाङ यसअघि पाँच पटक सभामुख र दुई पटक संविधानसभाका अध्यक्ष भएका थिए । उनी २०५१ को मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...