नेम्वाङका दुवै छोरा नेपाल आइपुगे, राजकीय सम्मानका साथ भोलि पशुपति आर्यघाटमा दाहसंस्कार, सरकारले दियो सार्वजानिक विदा

 

काठमाडौं: सोमबार राति १ बजे हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ ।

 

उनको पार्थिव शरीर बुधबार पनि नेकपा एमालेको एमाले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । अब उनको शव अन्तिम संस्कारको प्रक्रियाका लागि बालुवाटारस्थित घरमा राखिएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबारदेखि राखिएको थियो ।

 

नेम्बाङका दुवैजना छोराहरु अस्ट्रेलिया र बेलायतबाट आइसकेपछि बिहीबार अन्तिम संस्कार गर्न लागिएको हो । दुवै छोराले बुवाको पार्थिव शरीरमा च्यासलमै अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार बिहान काठमाडौं उत्रिए । दुई साताअघि मात्रै अस्ट्रेलिया गएका कान्छा छोरा सुहाङ मंगलबार राति नै आइपुगेका थिए ।

 

अब नेम्वाङको निवासमा लिम्बु परम्परा अनुसार मुन्धुमी विधिबाट अन्तिम संस्कार अघि बढाइनेछ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बिहीाबर बिहान ११ बजे नेम्वाङको हिन्दु र लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिने बताएका छन् ।

 

राजकीय सम्मानसाथ हुने नेम्वाङको अन्त्येष्टिका दिन बिहीबार नै सरकारको निर्णयानुसार शोक बिदा दिइएको छ । उता एमालेले आफ्ना उपाध्यक्ष नेम्वाङको निधनको शोकमा देशभरका पार्टी कार्यालयमा तीन झण्डा आधा झुकाएको छ ।

 

नेम्वाङ यसअघि पाँच पटक सभामुख र दुई पटक संविधानसभाका अध्यक्ष भएका थिए । उनी २०५१ को मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...