YouTube Link

नेपाली सेनामा जर्नेलहरुको काज फिर्ता तथा जिम्मेवारी हेरफेर

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली सेनामा जर्नेलहरुको सरुवा भएको छ । सरकारले सेनाका जर्नेलहरुको काज फिर्ता तथा जिम्मेवारी हेरफेर गरेको हो ।

 

श्रोतका अनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतका उपरथी हिरालाल जोशीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ भने निरीक्षणाधिकृत विभागका उपरथी योगराज शर्मालाई निमित्त विभागीय प्रमुख र प्रबन्धरथी विभागको समेत कार्य गर्न भनिएको छ ।

 

अर्का उपरथी सागरबहादुर थापालाई उपत्यका पृतना हेडक्वार्टरमा रहेर कार्यरथी विभागको अतिरिक्त जिम्मेवारीबाट काज फिर्ता गरिएको छ । उपरथी कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागबाट उत्तर पश्चिम पृतना हेडक्वार्टरमा निमित्त पृतनापतिको जिम्मा दिइएको छ । त्यस्तै सहायक रथी गणेशकुमार श्रेष्ठलाई वीरेन्द्र अस्पतालबाट कार्यरथी विभागको निमित्त कार्यरथी बनाइएको छ ।

 

मध्य पृतना हेडक्वार्टर,हेटौंडाबाट सहायक रथी यामबहादुर सापकोटालाई शोध तथा विकास निर्देशनालयमा निमित्त निर्देशक बनाइएको छ । अर्का सहायक रथी कृष्णबहादुर जिसीको मध्य पश्चिम पृतना हेडक्वार्टरअन्तर्गत शोध तथा विकास निर्देशनालयबाट काज फिर्ता गर्दै मध्य पश्चिम पृतना हेड क्वार्टरमा सरुवा गरिएको छ ।

 

सहायक रथी रामप्रसाद अधिकारीलाई असवाव निर्देशनालयबाट सैनिक सामग्री प्राप्ती निर्देशनालयको अतिरिक्त कार्यकाज फिर्ता गरिएको जंगी अड्डाको पत्रमा उल्लेख छ । जर्नेलहरुको सरुवाको बोधार्थ राष्ट्रिय सुरक्षा परिषद् सचिवालयलगायत सेनाका विभिन्न विभाग र सबै पृतना हेडक्वार्टरलाई दिइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...