प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिस लगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै
वि.सं.२०८० साउन १८ बिहीवार ०८:०२
1.3K
shares
काठमाडौं: संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिस लगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।
त्यसैगरी महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ । संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नुपर्ने थियो । आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।
वि.सं.२०८० साउन १८ बिहीवार ०८:०२




















