यी हुन् निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारहरु
वि.सं.२०८० साउन १० बुधवार ०७:२८
1.5K
shares
काठमाडौं: निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा तर्फका गरी २ हजार ४३५ उम्मेदवारलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको हो । जरिवाना तिर्नुपर्नेहरुमा प्रतिनिधि सभाका एक हजार ३७ तथा प्रदेशका एक हजार ३९८ जना छन् ।
आयोगले निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । जरिवाना पर्नेमा यस अघिसमेत चुनाव लडेर जितेका अनुहारहरु पनि थुप्रै छन् ।
वि.सं.२०८० साउन १० बुधवार ०७:२८




















