Texas College
YouTube Link

देशभर भारी वर्षाको सम्भावना, यस्तो छ ३ दिनसम्मको सम्भावना

Facebook Link

 

काठमाडौं: आज देशभर वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

आज हिजो अस्तिको भन्दा केही कम वर्षा हुने सम्भावना रहेपनि भोलि (सोमबार) बाट वर्षा अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानभन्दा दक्षिण हुँदा वर्षा केही कम हुने र उत्तर सर्दा वर्षा बढ्ने गर्छ ।

 

यसैबीच आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी मंगलबारसम्म यस्तो छ वर्षाको सम्भावना:-

 

असार २४: आइतबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

 

राति: देशभर आंशिकदेखि सामान्य रहनेछ । कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानण्मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

 

असार: २५ सोमबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

 

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी  र गण्डकी प्रदेशलगायत सहित देशका तराईका धेरै स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

 

असार: २६ मंगलबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

 

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी प्रदेशलगायत देशका तराईका केही  स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...