YouTube Link

कोशी प्रदेश नामाकरण: आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

World Cup 2026
Facebook Link

 

काठमाडौं: कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्तासमिति गठन गरेको छ ।

 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको हो । छलफलपछि प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो ।

 

छलफलमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका लागि आग्रह गरे ।

 

एक नम्बर प्रदेश नामांकन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्या समाधान गर्न अपील गरेका थिए ।

 

भेटमा सरकारको तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंह थिए ।

 

भेटमा प्रधानमन्त्रीले आन्दोलनको क्रममा भएको पदम लिम्बुको निधनप्रति दुख प्रकट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, सहिद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामाकरणको विषयमा राजनीतिक तहमा वार्ता र सम्बादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताए ।

 

प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रमले सिंगो देशलाई ध्यानाकर्षण गरेको र प्रधानमन्त्रीसहित सिंगो सरकारसमेत यो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर सम्बादबाट निकाल्न आग्रह गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...