YouTube Link

ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन्: पूर्वराजदुत दिपकुमार उपाध्याय

Facebook Link

 

बुटवल: नेपाली कांग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् ।

 

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदुत उपाध्यायले एमालेले  राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

 

भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेस सहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए । कार्यक्रममा वोल्दै उपाध्यायले भने, चरम ‘कू’ राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफु अहिले सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत बताए ।

 

उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।

 

नेपालमा गठबन्धन लोकतन्त्र मुल्य मान्यता बिपरित भएको उल्लेख गर्दै  पूर्व मन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भएपनि पछि विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दुरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।

 

प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्वपूर्ण पदमा दाबी गर्नु स्वाभिक रहेको बताउदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको  अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...