नेकपा माओवादी केन्द्रको संसदीय दल नेतामा प्रचण्ड
वि.सं.२०७९ पुस ७ बिहीवार १५:५४
2K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।
त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको नेता मातृका यादवले जानकारी दिए । संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गर्ने उनले बताए ।
पदाधिकारीको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकमा पेस गर्ने बताइएको छ ।
वि.सं.२०७९ पुस ७ बिहीवार १५:५४




















