रामेछाप प्रदेश सभा (क)मा तारानारायण श्रेष्ठ निर्वाचित
वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:१८
3.4K
shares
काठमाडौं: मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको मत परिणाम देशैभर आउने क्रम जारी छ ।
यसैबीच प्रदेश सभा सदस्य तर्फ रामेछाप क्षेत्र नं. १(क) मा गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ ‘बिगुल’ विजयी भएका छन् ।
श्रेष्ठले एमालेका उम्मेदवार शान्ति पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरेर विजयी भएका छन् ।
संविधानसभा सदस्य समेत रहेका श्रेष्ठको निकटतम प्रतिद्वन्द्वी शान्ति पौडेलले १५ हजार १५७ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:१८




















