रामेछापमा कांग्रेसको अग्रता कायमै

वि.सं.२०७९ मंसिर ६ मंगलवार १३:१७

रामेछापः प्रतिनिधि सभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन् ।
उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल र वडा नं २ बाम्तीभण्डारको मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलभन्दा कांग्रेस उम्मेद्वार कान्छाराम अगाडि रहेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार कान्छारामले १ हजार ४३६ मत ल्याउँदा उनका प्रतिद्वन्दी ढुंगेलले ८८७ मत प्राप्त गरेका छन् ।
सोमबार बुलेकादेखि सुरु भएको मतगणना अहिले पनि जारी नै रहेको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १ र २ को गरी २ हजार ३२३ मतगणना सकिएको छ । उमाकुण्ड गाउँपालिकामा ७ हजार ५६९ मत खसेको थियो ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार १३:१७