सूचना प्रविधिमन्त्री कार्कीद्वारा “आउन साथी आउ” स्वादेस गीतको लोकार्पण (भिडियो सहित)
वि.सं.२०७९ भदौ १ बुधवार १०:५३
3.7K
shares
काठमाडौंः जन आकाश मिडियाको १५औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो मिडियाका प्रधान सम्पादक समेत रहेका मोहन कार्कीद्वारा रचना गरिएको स्वदेश गान “आउन साथी आउ”को लोकार्पण गरेका छन् ।
लोकार्पण गर्दै मन्त्री कार्कीले जनआकाश साप्ताहिकलाई उत्तरोत्तर प्रगतिको शुभ-कामना दिँदै भने– “स्वास्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने तपाईहरुलाई पनि लागेको होला म पनि त्यसैमा विश्वास गर्छु ।” उनले भने “यस कार्यक्रमा शुभ–कामना राख्नुहुने महत्वपुर्ण व्यक्तिहरुले महत्वपुर्ण बिषयहरु राख्नुभएको छ । त्यसप्रति म एउटा साधरण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेको हैशियतबाट महत्वपूर्ण यहाँ उठेका बिषयहरुको कार्यन्वयन गर्न प्रतिबद्ध छु । सुशासन दिगो विकासका लागि सिर्जनशीलता पत्रकारिताको आजको आवश्यकता हो ।”
कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाश साप्ताहिकका स्तमभकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दु:ख गरेर सफलता हाँसिल गर्न सकिन्छ भन्ने प्रेरणा उनबाट सिक्न सकिने बताए ।
शुभकामना दिने क्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सुर्य सुवेदी र नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीमा चलेका स्वरोजगार मिडियालाई बिज्ञापन बोर्ड स्थापना हुँदा हामी निकै खुशी भएका थियौ तर आज त्यो खुशी विज्ञापन बोर्ड पत्रकारहरुको रक्षक भन्दा भक्षक भएको भन्दै विज्ञापन बोर्डप्रति मन्त्रीलाई ध्यानकर्षण गराएका थिए ।
त्यसैगरी विडारीले कार्यक्रममा उपस्थित मन्त्रीज्यूले जेष्ठ पत्रकार जीवनवृत्ति कोषको लगि पत्रकारहरुले उठाएका माग मन्त्रीज्यूले सम्बोधन गर्नुभएको र तीन विशिष्ठ पत्रकारहरुले निवृत्ति समेत पाएकोमा मन्त्रीको प्रसंशा गरेका थिए ।
कार्यक्रमको समापन जनआकाशका प्रधान सम्पादक मोहन कार्कीले गरेका थिए भने कार्यक्रमको बिशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष विपुल पोखरेलको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गरेका थिए ।

भिडियो सहित
वि.सं.२०७९ भदौ १ बुधवार १०:५३



















