YouTube Link

विश्व वरियतामा महिला भलिबल टोलीको कमाल, ८७औं स्थानमा उक्लियो, पुरुष टोली भने १३८औं स्थानमा

Facebook Link

काठमाडौं: अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा महिला भलिबलले उच्च स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले निकालेको पछिल्लो वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टिमले ८७औं स्थान हासिल गरेको छ ।

एफआईभीबीले अन्तराष्ट्रिय सहभागीता र अन्तराष्ट्रिय सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । महिला टिमले यस बर्ष एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जित्नुका साथै सागमो ऐतिहासिक रजत पदक हात पारेको थियो । सोही नतिजाका आधारमा महिला भलिबल टिमले विश्व वरियतामा उच्च स्थान हासिल गर्न सफल भएको हो ।

देशभित्रकै राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेपनि भलिबलको अन्तराष्ट्रिय सहभागीता र नतिजा उत्साहपूर्ण छैन । नेपाल भलिबल संघका अनुसार विश्व वरियतामा नेपाली भलिबल पहिलो पटक समावेश भएको हो । गत बर्ष नेपालको पुरुष टिमले एसियन गेम्स खेले लगत्तै एभीसीको वरियतामा नेपाल १५ औं स्थानमा पर्न सफल भएको थियो ।

एफआईभीबीले सार्वजनिक गरेको वरियतामा पुरुष टिम १ सय ३८औं स्थानमा छ । एफआईभीबीले हरेक बर्ष भलिबलको विश्व वरियता निकाल्दै आएको छ । पुरुष टिमले महिलाको तुलनामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएपनि नतिजा निकाल्न सकेको छैन । सोही कारण पुरुष टिमको विश्व वरियता निकै पछाडि देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...