YouTube Link

१३औं दक्षिण एसियाली खेलकुद सागमा आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदै

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा सातौं दिनसम्म भारतले १ सय १९ स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

साग अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ । नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ । बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागु हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ । अन्तिम समयमा भारत नआएपछि पुरुष फुटबलमा पाँच टिमले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेका हुन् ।

क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आज स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू-२३ र बंगलादेश यू-२३ बीच प्रतिस्पर्धा हुनेछ । एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

सुटिङ : सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आज नै हुनेछ ।

स्क्वास : स्क्वास तर्फ आज महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।

जुडो : साग अन्तर्गत जुडोको खेल आजबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङ : बक्सिङमा आज विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन : भारोत्तोलनमा आन पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।

ह्याण्डबल : ह्याण्डबलमा आज अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिला तर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

बास्केटबल : बास्केटबलमा आज पनि लिग चरणको विभिन्न खेल हुनेछ । आज नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छ भने महिलामा नेपालले भुटानसँग खेल्नेछ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।

पौडी : पौडीमा आज विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी : आर्चरीमा आज विभिन्न खेलहरु हुनेछ भने आजै विभिन्न विधामा फाइनल खेल हुनेछ ।

फेन्सिङ : फेन्सिङमा आजदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।

टेनिस : टेनिसमा आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ ।

कुस्ती : कुस्तीको खेल जनकपुरमा आज पनि हुनेछ । नेपालले एक स्वर्ण जितिसकेको छ ।

बिच भलिबल : बिच भलिबलमा आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फ उपाधिका लागि खेल्ने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...