YouTube Link

साग अन्तर्गत आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदै, पुरुष फुटबलमा नेपाल र माल्दिभ्स तथा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्ण सहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल : पुरुष फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ । यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे पछि हुनेछ । महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ ।

क्रिकेट : पुरुष क्रिकेटमा आज नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।

सुटिङ : सुटिङ तर्फ आज दुई खेल रहेको छ । सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ । आज र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल रहेको छ ।

स्क्वास : स्क्वासतर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् । पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

जुडो : जुडोको खेलको औपचारिक सुरुवात आज हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने भोलिबाट सुरु हुनेछ ।

बक्सिङ : बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

एथ्लेटिक्स : एथ्लेटिक्सतर्फ आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन लगायतका खेल हुनेछ ।

भारोत्तोलन : भारोत्तोलनमा आज विभिन्न स्पर्धा हुनेछ । भारोत्तोलन पोखरामा भईरहेको छ ।

ह्याण्डबल : ह्याण्डबलमा आज सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् । पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

बास्केटबल : बास्केटबलमा आज लिग चरणको खेल हुनेछ । महिलातर्फ दुई र पुरुषमा एक खेल हुनेछ । पुरुषमा श्रीलंका र भारतले खेल्दा महिलामा बंगलादेश र भुटान तथा श्रीलंका र भारतले खेल्ने छन् । यस्तै थ्री बाई थ्री बास्केटबलको पुरुषमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।

कब्बडी : कब्बडीमा आज पुरुषतर्फको विभिन्न चार खेल हुनेछ । जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ ।

आर्चरी : आर्चरीमा आज विभिन्न खेलहरु हुने छ । आज टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ ।

स्क्वास : स्क्वास तर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् भने पुरुष तर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिच भलिबल : बिच भलिबलतर्फ शनिबार पनि महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ । यस अघि शुक्रबार नेपालको महिला र पुरुषको दुवै टिमले जित निकालेको थियो ।

फेन्सिङ : फेन्सिङको खेलहरु आज पनि हुनेछ । शुक्रबार फेन्सिङमा भारतले तीन स्वर्ण जितेको थियो । शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।

टेनिस : टेनिसमा आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आज सेमिफाइनलको खेलहरु हुनेछ ।

कुस्ती : कुस्तिको खेल जनकपुरमा सुरु हुनेछ ।

साइक्लिङ : साइक्लिङ अन्तर्गत आज पनि विभिन्न खेल हुनेछ । साइक्लिङको इलाइट स्पर्धामा आज पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...