YouTube Link

साग अन्तर्गत आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदै, पुरुष फुटबलमा नेपाल र माल्दिभ्स तथा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा

Khanepani Dhal
Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्ण सहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल : पुरुष फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ । यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे पछि हुनेछ । महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ ।

क्रिकेट : पुरुष क्रिकेटमा आज नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।

सुटिङ : सुटिङ तर्फ आज दुई खेल रहेको छ । सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ । आज र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल रहेको छ ।

स्क्वास : स्क्वासतर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् । पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

जुडो : जुडोको खेलको औपचारिक सुरुवात आज हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने भोलिबाट सुरु हुनेछ ।

बक्सिङ : बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

एथ्लेटिक्स : एथ्लेटिक्सतर्फ आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन लगायतका खेल हुनेछ ।

भारोत्तोलन : भारोत्तोलनमा आज विभिन्न स्पर्धा हुनेछ । भारोत्तोलन पोखरामा भईरहेको छ ।

ह्याण्डबल : ह्याण्डबलमा आज सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् । पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

बास्केटबल : बास्केटबलमा आज लिग चरणको खेल हुनेछ । महिलातर्फ दुई र पुरुषमा एक खेल हुनेछ । पुरुषमा श्रीलंका र भारतले खेल्दा महिलामा बंगलादेश र भुटान तथा श्रीलंका र भारतले खेल्ने छन् । यस्तै थ्री बाई थ्री बास्केटबलको पुरुषमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।

कब्बडी : कब्बडीमा आज पुरुषतर्फको विभिन्न चार खेल हुनेछ । जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ ।

आर्चरी : आर्चरीमा आज विभिन्न खेलहरु हुने छ । आज टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ ।

स्क्वास : स्क्वास तर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् भने पुरुष तर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिच भलिबल : बिच भलिबलतर्फ शनिबार पनि महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ । यस अघि शुक्रबार नेपालको महिला र पुरुषको दुवै टिमले जित निकालेको थियो ।

फेन्सिङ : फेन्सिङको खेलहरु आज पनि हुनेछ । शुक्रबार फेन्सिङमा भारतले तीन स्वर्ण जितेको थियो । शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।

टेनिस : टेनिसमा आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आज सेमिफाइनलको खेलहरु हुनेछ ।

कुस्ती : कुस्तिको खेल जनकपुरमा सुरु हुनेछ ।

साइक्लिङ : साइक्लिङ अन्तर्गत आज पनि विभिन्न खेल हुनेछ । साइक्लिङको इलाइट स्पर्धामा आज पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...