Health Ad
YouTube Link

प्रहरी महानिरीक्षक खनालद्वारा लैङ्गिक हिंसाबिरुद्धको अभियन्ताहरुसँग भिडियो कन्फ्रेन्स

Khanepani Dhal
Facebook Link

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भिडियो कन्फ्रेन्स गरी ३ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक्रिया गर्नुभएको छ । उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा संचालन भइरहेका जनचेतनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले प्रहरी महानिरीक्षक खनालले उनीहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियाको क्रममा महानिरीक्षक खनालले अभियानको कारण नागरिकलाई हिंसा सम्बन्धि कसूर गर्नु हुँदैन भन्ने विषयमा सचेत गराएको उल्लेख गर्दै अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा सहभागी जिल्लास्थित विभिन्न महिला सञ्जालका प्रतिनिधिहरुले दिएको सुझावलाई कार्यान्वयन गर्न आपसी समन्वय गरी अगाडि बढ्ने बताउनुभयो । साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था, सम्बन्धित कामहरु तथा उक्त अभियानका गतिविधिबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग जानकारी लिँदै प्रहरी महानिरीक्षक खनालले महिला संजालको भूमिकालाई समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर लैङ्गिक हिंसाका घटनालाई निस्तेज गर्न निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले अभियानको क्रममा क्षमता अभिवृद्धिका लागि प्रत्येक प्रदेशमा छिट्टै तालिमको व्यवस्था गरिने, महिला संजाललाई थप सशक्तिकरण गर्ने अवधारणा लागू गरिने, जनशक्तिको सशक्त व्यवस्थापनमा जोड दिने, अभियान अन्तर्गत एक जिल्लामा भएका सफल अभ्यासलाई अन्यत्र लागू गर्दै जाने जानकारी दिनुभयो । अन्तरक्रियामा जिल्लाहरुमा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा महिला सञ्जालका प्रतिनिधिहरुले भिडियो कन्फ्रेन्स मार्फत प्रहरी महानिरीक्षकसँग कुरा गर्न पाउँदा काम गर्न सहज हुने बताएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...