YouTube Link

१३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज दशरथ रंगशालामा हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ ।

दुई संस्करणको साग यसअघि नै सफलता साथ सम्पन्न गरेको नेपाल तेस्रो सागलाई भव्य पार्ने योजनामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । सागको उद्घाटनका लागि दशरथ रंगशाला सिंगारिएको छ । मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, चारैतिर टाकिएको प्यारापिटको छानो लगायतले यतिबेला रंगशालाको सुन्दरता बढाएका छन् ।

पहिलो र आठौं साग आयोजना गरेको नेपालले तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ । सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राखेपले जानकारी दिएको छ । जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन् । १५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।

सागको उद्घाटन शत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन् । साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गरिने पत्रकार गरी बताईएको छ । दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम ३ घण्टा १४ मिनेटको हुनेछ । यो साग काठमाडौंमा मात्रै उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि आयोजना हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...