YouTube Link

नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

Facebook Link

काठमाडौं: एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोट सक्काउने योजना बुनेको थियो ।

 

तर, अन्तिम लक्ष्य नै पहिलो खेलको नतिजा रह्यो । आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो । नेपालले भुटानमाथि पछिल्लो दुई भेटमा १४ गोल गर्दै सहज जीत हात पारेको भए तापनि बुधबार आक्रमणलाई प्रभावकारी बनाउन सकेन । खेलको ४०औं सेकेन्डमै सेनु परियारले अग्रता दिलाए पनि नेपाल खेलमा अडिक रहन सकेन । त्यसैले ऐतिहासिक बराबरी खेल्यो । लगभग छनोटको सम्भावना समाप्त भइसकेको नेपाल अहिले दबाबमा छ ।

 

अर्कोतर्फ साउदी अरबया समूहका बलियो टिम उत्तर कोरियासँग १५–० ले पराजय भोगेको थियो । यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ । समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई भुटानसँग तीन अंक नजिकबाटै प्राप्त गर्न आवश्यक थियो । तर, त्यो सम्भव रहेन । साउदी अरबसँग बराबरी वा हारले नेपालका एसियन कपको सपना अन्त हुन सक्छ । त्यसैले उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुको विकल्प नेपालसामु हुनेछैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...