YouTube Link

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई दुई विकेटले हराउँदै सिरिजमा पहिलो जित निकालेको छ । मंगलबार सम्पन्न खेलको जितसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान दुई अंक पुर्‍याएका छन् । नेटरनरेटमा स्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

 

स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाललाई १९.५ ओभरसम्म कुर्नुपर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो । सफायान शरिफको सुरुआती तीन बलमा करणले दुई र किरण ठगुन्नाले एक रन लिए । तर, चौथो बलमा किरण क्याच आउट भए । योसँगै खेल पुन: सुपर ओभरतर्फ जाने देखिएको थियो । तर, पाँचौं बलमा सन्दीप लामिछानेले एक रन लिँदै नेपाललाई पहिलो जित दिलाए ।

 

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए । बसीर अहमद १३ र किरण १० रनमा पभिलियन फर्किए । स्कटल्यान्डका शरिफ र माइकल लीस्कले समान २ विकेट लिए ।

 

टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । स्कटल्यान्डका लीस्कले सर्वाधिक ४६ रन बनाए । ४६ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे । म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए । अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन् । नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडनसहित ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई/दुई विकेट लिए । एक विकेट ललितनारायण राजवंशीको नाममा रह्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...