फ्रान्सलाई हराउँदै स्पेन १२ वर्ष पछि युरोकपको फाइनलमा पुग्यो
वि.सं.२०८१ असार २६ बुधवार ०७:२६
789
shares
एजेन्सी: स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्ष पछि युरोकपको फाइनलमा पुग्न सफल भएको हो ।
खेलको ९औं मिनेटमा किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा स्पेनका १६ वर्षीय खेलाडी लामिन यमालले बराबरी गोल गरे । २५औं मिनेटमा स्पेनले अग्रता लियो । त्यसपछि कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ ।
स्पेनले अब बुधबार हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
वि.सं.२०८१ असार २६ बुधवार ०७:२६