Health Ad
YouTube Link

बेल्जियमद्वारा साईप्रस ६-१ गोल अन्तरले पराजित

Khanepani Dhal
Facebook Link

एजेन्सी: मंगलबार राती नै भएको युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भईसकेको छ ।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो । खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए ।

ब्रोईनले ३५औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे । ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितीमा पुर्याएका थिए । ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे । क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...