YouTube Link

फिफा विश्वकपको दोस्रो चरणको छनोटमा कुवेतसँग नेपाल १-० गोल अन्तरले पराजित

Facebook Link
काठमाडौं: कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ । भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको झिनो अन्तरले पराजित भएको हो ।
चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिएपनि बचाउन सकेनन् ।
खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । खेलको ४१ औं मिनेटमा नेपालले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहार कुवेती गोलरक्षकले डाइभ दिंदै उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमा तेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलमा पछि नै रहेको थियो ।
दोस्रो हाफमा नेपालले केहि सुधारिएको प्रदर्शन गर्यो । बल पोसेसनमा केहि सुदृढ देखिएको नेपाली टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन भने सकेन । कुवेतले पनि केहि सटिक अवसर सिर्जना गर्दा गोलरक्षक किरण व्यस्त रहे । खेलको अन्तिम ५ मिनेट प्रशिक्षक योहान कालिनले आक्रामक रणनीति अबलम्बन गर्दै नवयुग श्रेष्ठ र सुवास गुरुङलाई मैदान प्रवेश गराएपनि गोल गर्न भने सकेन ।
नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले छनोटमा ३ अंक जोडेको छ र पुछारबाट दोस्रो स्थानमा छ । यस जितसंगै ५ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको अष्ट्रेलियाको ४ खेलमा १२ अंक छ भने जोर्डनले ४ खेलमा ७ अंक जोडेको छ । पुछारको ताइपेइ अंकविहिन छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...