साविक विजेता पोर्चुगल युरोकप फुटबलमा छनोट
वि.सं.२०७६ मंसिर २ सोमवार ०९:१७
819
sharesएजेन्सी: साविक विजेता पोर्चुगल युरोकप फुटबलमा छनोट भएको छ । लक्समबर्गलाई २-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो । पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोत्चुगललाई २-० को जित दिलाए । योसँगै रोनाल्डोले राष्ट्रका लागि ९९ गोल गर्न सफल भएका छन् । जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा स्थान बनाएको हो ।
वि.सं.२०७६ मंसिर २ सोमवार ०९:१७