युईएफए युरोकप २०२४ प्रतियोगिताको खेल तालिका सार्वजानिक
वि.सं.२०८० मंसिर १७ आइतवार ०८:०५
1.7K
shares
एजेन्सी: युईएफए युरोकप २०२४ का लागि समूह विभाजन भएको छ । जर्मनीको ह्यामवर्ग सहरमा भएको ‘ड्र’ समारोहबीच प्रतियोगिताको समूह विभाजन सम्पन्न भएको हो । २४ टोलीलाई छनोट प्रदर्शनका आधारमा ४ वटा समुहमा विभाजन गरिएको थियो । हरेक समुहबाट एक टोली गरी ४ टोली एक समूहमा रहने छन् ।
समुह ‘ड्र’ बाट आफ्नो समूह र समूहमा रहेका टोलीको टुंगो लागेको छ । थप तीन टोलीको भने नेसन्स लिग प्लेअफ बाट टुंगो लाग्न बाँकी छ । छ समूहबाट शीर्ष दुई टोली र चार उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्ने छन् । इटाली युरो कपको साविक विजेता हो ।
समूहहरू:
समूह ए: जर्मनी स्कटल्याण्ड, हंगेरी, स्विट्जरल्याण्ड
समूह बी: स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सी: स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड
समूह डी: नेदरल्याण्ड्स, अष्ट्रिया, फ्रान्स, प्लेअफ टोली (पोल्याण्ड, वेल्स, फिनल्याण्ड, एस्टोनिया मध्य एक)
समूह ई: बेल्जियम, स्लोभाकिया, रोमानिया, प्लेअफ टोली (इजरायल, बोस्निया & हर्जगोभिना, युक्रेन, आइसल्याण्ड मध्य एक)
समूह एफ: टर्की, पोर्चुगल, चेकीया, प्लेअफ टोली (जर्जिया, ग्रीस, कजाकिस्तान, लक्जमबर्ग मध्य एक)
वि.सं.२०८० मंसिर १७ आइतवार ०८:०५




















