एसिसी यू-१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

वि.सं.२०८० कात्तिक २२ बुधवार १३:५२
2K
shares
एजेन्सी: नेपालले एसिसी यू-१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ ।
यू-१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।
नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।
नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

वि.सं.२०८० कात्तिक २२ बुधवार १३:५२