YouTube Link

रणनीतिक प्रशिक्षणका लागि एनेसले बोलाए २६ खेलाडी

Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो उनेसले आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै राष्ट्रिय टिमलाई रणनीतिक प्रशिक्षण गराउने भएका छन् ।

 

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार रणनीतिक प्रशिक्षण आउने शुक्रबार दशरथ रंगशालामा हुनेछ । हाल शहीद स्मारक ए डिभिजन लिग जारी रहेकोले प्रशिक्षक एनेसले खेलाडीहरुलाई फरक किसिमले प्रशिक्षण दिन लागेका हुन् ।

 

एनेसले ट्याक्टिकल ट्रेनिङका लागि २६ खेलाडी बोलाएको एन्फाले जनाएको छ । केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कप खेलेको टिममा केही परिवर्तन भएको छ । कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु र डिफेण्डर रोहित चन्दले विदेशी लिग खेल्न देश बाहिर छन् ।

 

यस्तै भरत खवास, सुमित श्रेष्ठ र पदम भट्टराईलाई टिममा राखिएको छ । एनेसले थ्री नेसन्सका लागि टिममा नरहेकाहरु जावलाखेलका गोलकिपर अनिस देउला, मनाङ मर्स्याङ्दीका डिफेण्डर आशिष गुरुङ, मछिन्द्र एफसीका डिफेण्डरद्वय छिरिङ गुरुङ र देवेन्द्र तामाङ, त्रिभुवन आर्मी एफसीका मिडफिल्डर सेसेहाङ आङदम्बे र परवार्ड जिलेस्पीजंग कार्की, थ्रीस्टारका मिडफिल्डर दिपेश गुरुङ र मछिन्द्रका फरवार्ड विमल घर्ती मगरलाई रणनीतिक प्रशिक्षणमा बोलाएका छन् ।

 

रणनीतिक प्रशिक्षणमा बोलाईएका खेलाडीहरुः

गोलकिपरः अनिश देउला, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, आदित्य चौधरी, निशान्त खड्का, आशिष गुरुङ

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, कमल थापा, मणिकुमार लामा, सेसेहाङ आङ्देम्बे, दिपेश गुरुङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...