YouTube Link

१२ वर्षपछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

Facebook Link

 

एजेन्सी: इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टालाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्यो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न सफल भयो ।

 

घरेलु टोली पोर्टाले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । गोलरक्षक ओनानाले ओनानाले मेहेदी तारेमी, इभानिल्सन, युरिवे र स्टीफन युस्टाक्वियोको प्रयासलाई विफल पार्दै इन्टरलाई खेलमा कायम राखे ।

 

यता, इन्टरले पनि पोर्टाविरुद्ध केही अवसर बनाएको थियो । फेडेरिको डिमार्को, डेन्जेल डम्फ्रिज, एडिन जेको र रोमेलु लुकाकुले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा पोर्टाका पेपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

 

इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । यसपटक इन्टरले तिनै पोर्टालाई प्रि–क्वाटरफाइनबाटै पन्छाउन सफल भयो ।

 

अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । पहिलो लेगमा रियल लिभरपुलविरुद्ध ५–२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २–० ले अघि छ ।

 

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...