YouTube Link

१२ वर्षपछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टालाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्यो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न सफल भयो ।

 

घरेलु टोली पोर्टाले पहिलो हाफमा बढी अवसर सिर्जना गरेको थियो । गोलरक्षक ओनानाले ओनानाले मेहेदी तारेमी, इभानिल्सन, युरिवे र स्टीफन युस्टाक्वियोको प्रयासलाई विफल पार्दै इन्टरलाई खेलमा कायम राखे ।

 

यता, इन्टरले पनि पोर्टाविरुद्ध केही अवसर बनाएको थियो । फेडेरिको डिमार्को, डेन्जेल डम्फ्रिज, एडिन जेको र रोमेलु लुकाकुले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा पोर्टाका पेपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

 

इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । यसपटक इन्टरले तिनै पोर्टालाई प्रि–क्वाटरफाइनबाटै पन्छाउन सफल भयो ।

 

अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । पहिलो लेगमा रियल लिभरपुलविरुद्ध ५–२ ले तथा आइनट्राख्टविरुद्ध नेपोली २–० ले अघि छ ।

 

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोली च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने तेस्रो टोली बन्न सक्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान र म्यानचेस्टर सिटी क्वाटरफाइनलम पुगिसकेको छ । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार हुँदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...